२०८३, आश्विन १९ गते

images
  • प्रमुख समाचार
  • टेलिकमको सुन्धारा कार्यालयले गर्‍यो उत्कृष्ट कर्मचारीलाई...

टेलिकमको सुन्धारा कार्यालयले गर्‍यो उत्कृष्ट कर्मचारीलाई सम्मान

टेलिकमको सुन्धारा कार्यालयले गर्‍यो उत्कृष्ट कर्मचारीलाई सम्मान

सीएनएन खबर
बुधवार, श्रावण २ २०८११२:५५
सीएनएन खबर
बुधवार, श्रावण २ २०८११२:५५
  • images

    काठमाडौँ । नेपाल टेलिकमको सुन्धारा कार्यालयले उत्कृष्ट कर्मचारी धुव्र बहादुर राईलाई सम्मान गरेको छ । कार्यालयले असार महिनाका लागि उत्कृष्ट कर्मचारीका रुपमा राईलाई सम्मान गरेको हो । 

    कार्यालयले गत मंसिरदेखि उत्कृष्ट रुपमा काम गर्ने कर्मचारीलाई मासिक रुपमा सम्मान गर्दै आएको छ । कर्मचारीको क्षमता अभिबृद्धिसँगै काममा प्रोत्साहन गर्न उक्त सम्मान गर्दै आएको कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थी बताउँछन् । 

    कार्यालयले मंगलबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीबाट उत्कृष्ट कर्मचारीलाई सम्मानपत्र हस्तान्तरण गरेको हो । असार महिनाका लागि उत्कृष्ट कर्मचारीका रुपमा छनोट भएका राईको फोटो कार्यालयले साउन महिनाभर रिसेप्सनमा राख्नेछ । 

    dinesh panthi.jpg
    दिनेशचन्द्र पन्थी

    सुन्धारा कार्यालयले गत मंसिर महिनामा हाल सुन्धारा कार्यालयमा छैटाैँ तहमा कार्यरत गौतम पोखरेललाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै कर्मचारी सम्मान कार्यक्रमको प्रारम्भ गरेको थियो । दृृष्टीविहीन पोखरेल हाल कम्पनीको सेल्स एण्ड माकेटिङ विभागमा कार्यरत छन् । यसले कर्मचारीहरूलाई काम गर्न छुट्टै उत्प्रेरणा मिलेको प्रमुख पन्थी बताउँछन् । 

    सुन्धारा कार्यालयमा हाल १ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् । उनीहरुमध्येबाट कार्यालयले महिनामा एक जनालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गर्ने गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend