काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।
उनले आइतबार (असोज ६) गते प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने तयारी भएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
ओली नेतृृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सहभागी छन् । सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय मन्त्रिपरिषद् गठन पनि भइसकेको छ ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्था अनुसार उनले आइतबार विश्वासको मत लिन लागेका हुन् ।

