२०८३, आश्विन २० गते

images

अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

शनिवार, माघ २६ २०८१०१:३१
शनिवार, माघ २६ २०८१०१:३१
  • images

    एजेन्सी । अमेरिकाको अलास्कामा बिहीबार १० जना सवार चार्टर्ड विमान बेपत्ता भएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ। 

    बेरिङ एयरको विमान अलास्काको उनालाक्लीट शहरबाट नोम शहरका लागि उडेको थियो। विमानको भग्नावशेष शुक्रबार नोम विमानस्थलबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो।

    नोम भोलेन्टियर अग्नि नियन्त्रण विभागले विमानमा नौ यात्रु र एक पाइलट रहेको बताएको छ। उडान ट्र्याकिङ वेबसाइट फ्लाइट राडारको तथ्याङ्क अनुसार उनालाक्लीटबाट उडान भरेको ३९ मिनेटपछि विमान राडारबाट गायब भएको थियो। उनालाक्लीटबाट नोमको दूरी २३५ किलोमिटर छ।

    अमेरिकी तटरक्षक बलले विमानभित्र तीनवटा शव पहिचान गरिएको बताएको छ। बाँकी ७ जनाको शव अझै पनि विमान भित्रै छ।  हराएको विमानमा सवार सबै यात्रुका परिवारलाई जानकारी गराइएको अग्नि नियन्त्रण विभागले जनाएको छ।

    खराब मौसमका कारण बिहीबार खोजी कार्य रोक्नुपरेको र विमान पत्ता लगाउन गाह्रो भएको जनाइएको छ। शुक्रबारको प्रारम्भिक खोजीमा पनि विमानको कुनै अवशेष भेटिएको थिएन। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend