२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • अख्तियारद्वारा नेपाल बैंकका अध्यक्षको कार्यकक्ष सिल,...

अख्तियारद्वारा नेपाल बैंकका अध्यक्षको कार्यकक्ष सिल, ३ दिनदेखि बयानमा

अख्तियारद्वारा नेपाल बैंकका अध्यक्षको कार्यकक्ष सिल, ३ दिनदेखि बयानमा

आइतवार, माघ २७ २०८११०:२९
आइतवार, माघ २७ २०८११०:२९
  • images

    काठमाडौँ । नेपाल बैंक लिमिटेडका अध्यक्ष डा चन्द्रबहादुर अधिकारी माथि कमिसन लिएको आरोप लागेको छ । अध्यक्ष अधिकारीमाथि कर्जा प्रवाह गर्दा कमिसन लिएको आरोप लागेपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरेको पाइएको छ । 

    सेवाग्राहीको उजुरीका आधारमा अख्तियारले उनीसँग सोधपुच्छुदेखि उनको कार्यकक्षसम्म सिल गरेको पाइएको हो । तीन दिनदेखि अधिकारी अख्तियारको बयान दिइरहेका छन् भने धर्मपथस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको उनको कार्यकक्षमा अख्तियारले सिल गरेको छ । 

    बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेले अध्यक्षसँग अख्तियारले सोधपुच्छ गरेको बताए । उनले अख्तियारले सोधपुच्छ गरेको भन्ने आफूलाई जानकारी भएको भन्दै कार्यकक्षा सिल र बयानका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । 

    अहिलेसम्म प्राप्त विवरणअनुसार, अधिकारीले आफ्ना सवारी चालकमार्फत ऋणीहरूबाट कमिसन लिने गरेका पाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार अध्यक्ष अधिकारीका सवारी चालक उमेश महर्जनको खातामा एकैपटक २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार गरेको भेटिएको थियो ।

    अख्तियारले सुरुमा चालक महर्जनसँग बयान लिएको थियो । त्यसपछि अध्यक्ष अधिकारीलाई अख्तियारले बोलाएको थियो । 

    अध्यक्ष अधिकारीले ठूला कर्जा प्रवाह गर्दा समयमा निर्णय नगर्ने, फाइल अनावश्यक अड्काइदिने, कमिसनका लागि बार्गेनिङ गर्ने गरिरहेको भन्दै अख्तियारमा उजुरी परेका थिए । उजुरी प्राप्त भएपछि अख्तियारले केही समयउनलाई निगरानीमा राखेको थियो। केही प्रमाणहरू अख्तियारले सुरक्षित गरेपछि पहिला सवारी चालक महर्जन र त्यसपछि अध्यक्ष अधिकारीलाई सोधपुछका लागि बोलाएको हो ।

    अधिकारीलाई २०८० असोज १० गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सरकारी स्वामित्वको बैंकको अध्यक्ष नियुक्त गरेका थिए । उनी त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक पनि हुन्। यसअघि उनी कृषि विकास बैंकका सञ्चालक पनि थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend