२०८३, आश्विन १९ गते

images
  • विश्व
  • राहुल गान्धीले त्यागे केरलाको वायनाड, रोजे...

राहुल गान्धीले त्यागे केरलाको वायनाड, रोजे रायबरेली

राहुल गान्धीले त्यागे केरलाको वायनाड, रोजे रायबरेली

बुधवार, आषाढ ५ २०८११०:३६
बुधवार, आषाढ ५ २०८११०:३६
  • images

    काठमाडौं । कांग्रेस नेता राहुल गान्धीले केरलाको वायनाड लोकसभा सीटबाट राजीनामा दिएका छन् ।

    लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन् । लोकसभा सचिवालयले गान्धीले वायनाड क्षेत्रबाट राजीनामा दिएर रायबरेली क्षेत्र रोजेको जानकारी दिएको छ । 


    गान्धीले राजीनामा दिनुअघि कांग्रेसका सभापति मल्लिकार्जुन खर्गेले पार्टीका शीर्ष नेताहरूसँग छलफल गराएका थिए । लगत्तै गान्धीले मंगलबारदेखि नै लागू हुने गरी लोकसभा सचिवालयमा राजीनामा पत्र पेश गरेका थिए । 


    सो क्षेत्रबाट गान्धीले राजीनामा दिएपछि अब लोकसभामा कांग्रेसका ९८ सांसद रहनेछन् । कांग्रेसले रिक्त भएको सो क्षेत्रबाट अब प्रियंका गान्धी उम्मेदवार बन्ने भएकी छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend