काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १८ बैंक्ले ब्याजदर स्थिर राख्दा एउटाको बढेको छ भने एउटा बैंकले ब्याजदर घटाएको छ ।
फागुनका लागि प्रकाशित ब्याजदरअनुसार लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाउँदा ग्लोबल आईएमई बैंकले बढाएको छ ।
माघ महिनामा औसतमा ६.००१ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशत विन्दु नै रहेको छ ।
माघको तुलनामा फागुनमा ग्लोबलको ब्याजदर ०.२५ प्रतिशत बिन्दुुले बढेर ६ प्रतिशत पुगेको छ । माघमा ५.७५ प्रतिशत रहेको थियो ।
यस्तै लक्ष्मी सनराइज बैंकले फागुनका लागि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटेको छ । माघमा ५.७५ प्रतिशत ब्याजदर रहेको थियो । अहिले घटेर ५.५० प्रतिशत रहेको छ ।

