२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त...

रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्छ: उर्जामन्त्री खड्का

रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्छ: उर्जामन्त्री खड्का

सीएनएन खबर
बिहिवार, श्रावण ३ २०८१०४:५०
सीएनएन खबर
बिहिवार, श्रावण ३ २०८१०४:५०
  • images

    काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकमा रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताएका छन् । 

    नेपाल ईन्जिनीयर्स एशोसियशनको ६२ औँ स्थापना दिवसका अवसरमा आज प्रज्ञा भवनमा आयोजित ‘६२ औँ इन्जिनियर्स दिवस’ को कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोेजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएकाले रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताएका हुन् । 

    ‘देश बनाउने जिम्मा तपाईँ हाम्रो काँधमा छ, बाहिरका व्यक्ति आएर देश बनाउँदैनन्, ईन्जिनीयरीङ क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नेछ,’ उनले भने । मन्त्री खड्काले जुलाई २८ मा बंगलादेशसँग ४० मेघावाट विद्युत खरीद विक्रिको सम्झौता हुन लागेको जानकारी दिए । यसअघि नै १० हजार मेघावाट विद्युत भारतलाई विक्रि गर्न सरकारले सम्झौता गरिसकेको उनको भनाई थियो ।

    उर्जामन्त्री खड्काले ईन्जिनियरिङ क्षेत्रको सचिवको पद काटिनु दुःखद भएको बताए । उनले ईन्जिनीयरहरु कुनै पनि परियोजनामा छोटो समयसम्म काम गर्ने र अर्को परियोजनामा जाने गर्नाले कतिपय परियोजना अलपत्र हुने गरेको उल्लेख गरे । मन्त्री खड्काले एशोसियशनमा आवद्ध इन्जिनीयरको हक, हित र अधिकारका लागि बसेर छलफल गरी सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend