२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सिमलताल पहिरोः भरतपुर महानगरले दियो विकका...

सिमलताल पहिरोः भरतपुर महानगरले दियो विकका परिवारलाई दुई लाख सहयोग

सिमलताल पहिरोः भरतपुर महानगरले दियो विकका परिवारलाई दुई लाख सहयोग

सीएनएन खबर
शुक्रवार, श्रावण ४ २०८११०:३२
सीएनएन खबर
शुक्रवार, श्रावण ४ २०८११०:३२
  • images

    काठमाडौँ । भरतपुर महानगरपालिकाले सिमलताल दुर्घटनामा परेर मृत्यु भएका सुदीप विकको परिवारलाई किरिया खर्च दिएको छ । 

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहिबार भरतपुर–२२ स्थित स्व सुदिपको घर पुगेर किरिया खर्च बापत २ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरिएको हो । 

    भरतपुर महानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो । सो निर्णयका आधारमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गरिन । 

    महानगर प्रमुख दाहालले भरतपुर २९ मा भएको प्रकृति विपत्तिले दुई बसका साथै ६० बढीको ज्यान गएको घटनाले मर्माहात भएको बताईन । 

    अहिलेसम्म १८ जनाको शव भेटिएपनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर लागेको प्रमुख दाहालले बताईन । 

    पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend