२०८३, आश्विन १९ गते

images

सिमलताल दुर्घटनामा थप दुई जनाको शव फेला

सिमलताल दुर्घटनामा थप दुई जनाको शव फेला

शुक्रवार, श्रावण ४ २०८१०२:०९
शुक्रवार, श्रावण ४ २०८१०२:०९
  • images

    काठमाडौं । चितवन सिमलताल पहिरोमा बेपत्ता बसका यात्रुमध्ये दुई जनाको शव भारतको पश्चिम चम्पारणमा भेटिएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको हो।

    बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    त्रिशुलीमा दुई वटा खसेर बेपत्ता भएका ६५ जनामध्ये अहिलेसम्म २३ जनाको शव भेटिएको छ। शुक्रबार बिहान १०ः५० बजेसम्मको अपटेड अनुसार कुल २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी  थापाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।

    अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ। ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend