२०८३, आश्विन १९ गते

images

न्यूरोडमा वडाध्यक्षकै नेतृत्वमा प्रदर्शन(भिडियोसहित)

न्यूरोडमा वडाध्यक्षकै नेतृत्वमा प्रदर्शन(भिडियोसहित)

शुक्रवार, श्रावण ४ २०८१०३:४६
शुक्रवार, श्रावण ४ २०८१०३:४६
  • images

    काठमाडौं । न्यूरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ ।  जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने खोजेको थियो । सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

    उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम शुरु गरेको थियो ।

    बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएको थियो । उनीहरूले मेयर बालेन शाह र नगर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् ।

    सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग उनीहरूले राखेका छन् । महानगरपालिकाको २२ नम्बर वडाध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend