काठमाडौं। तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। दुई विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेडसँगै नेपालका त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, एपीएफ एफसी, मच्छिन्द्र एफसी, न्युरोड टिम (एनआरटी), संकटा एफसी र आयोजकको टिम केपी एफसीले सहभागिता जनाउनेछन्। प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न मैदानमा हुनेछ।
प्रतियोगिताका क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा र सेमिफाइनल तथा फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। विजेताले १५ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई एक लाख र उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता तथा उदीयमान खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। मच्छिन्द्र एफसीले अघिल्ला दुवै संस्करणको उपाधि जितिसकेको छ।

