२०८३, आश्विन १९ गते

images

प्रधानमन्त्रीलाई एमालेको ९९ बुँदे सुझाव

प्रधानमन्त्रीलाई एमालेको ९९ बुँदे सुझाव

शुक्रवार, श्रावण ४ २०८१०४:१४
शुक्रवार, श्रावण ४ २०८१०४:१४
  • images


    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका तर्फबाट सुझावपत्र बुझाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित समारोहमा एमालेले सरकार सञ्चालनका लागि प्रधानमन्त्री ओलीलाई सुझाव दिएको हो । 

    प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग  पुर्‍याउन आह्वान गरेका छन् ।

    सुझावपत्र ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए । 

    एमालेका अध्यक्षसमेत रहेएका प्रधानमन्त्री ओलीले भने, ’सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’

    एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend