काठमाडौँ । आईभीएफ सेन्टरलाई झुटो प्रचार प्रसार बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
पछिल्लो समय आईभीएफ सेन्टरहरुले झुटो प्रचार गरेर उपभोक्तालाई ठगी गरेको भन्दै मन्त्रालयले मंगलबार ५ बुँदे निर्देशन जारी गरेको हो ।
यस्तै मन्त्रालयले सेवा सम्बन्धमा झुटो प्रचार प्रसार नगर्न, सेवा शुल्कको विवरण संस्थाको वेभसाइटमा राख्न, मापदण्ड पूरा गरेर मात्रै शाखा विस्तार गर्न भनेको छ ।
यस्तै असहाय, विपन्न बिरामीलाई १० प्रतिशत छुट अनिवार्य दिन र प्रदान गरिएका सेवाको विवरण चौमासिक रूपमा प्रदायक निकायमा बुझाउन मन्त्रालयको निर्देशन छ ।

