२०८३, आश्विन १९ गते

images

करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियोः उपसभामुख(विज्ञप्तिसहित)

करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियोः उपसभामुख(विज्ञप्तिसहित)

शुक्रवार, श्रावण ४ २०८१०५:०२
शुक्रवार, श्रावण ४ २०८१०५:०२
  • images

    काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन् ।

    आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोजिएकोसमेत दाबी गरेकी छन् ।

    उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन्।

    ‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ रानाले उल्लेख गरेकी छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’

    उनले विज्ञप्तिमा आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम नगरेको र नगर्ने पनि प्रतिवद्धता जनाउदै भनेकी छन्- ‘उपसभामुखका रूपमा मैले अमेरिका लगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend