२०८३, आश्विन १९ गते

images
  • रोचक
  • पाल्पाका लम्सालले गरे श्रीमतीको जन्मदिनमा विपन्नका...

पाल्पाका लम्सालले गरे श्रीमतीको जन्मदिनमा विपन्नका लागि अक्षकोष स्थापना

पाल्पाका लम्सालले गरे श्रीमतीको जन्मदिनमा विपन्नका लागि अक्षकोष स्थापना

बुधवार, आषाढ ५ २०८१११:१९
बुधवार, आषाढ ५ २०८१११:१९
  • images

    काठमाडौँ । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।

    रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न  अक्षयकोष खडा गरिएको हो । 

    रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा रु एक–एक लाख रुपैयाँका दरले अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताए । 

    उनकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend