काठमाडौं । काठमाडौं न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाविरुद्ध स्थानीयले महानगरका मेयर बालेन शाहको पुत्ला जलाएका छन् । फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्षसहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् ।
उनीहरुले शुक्रबार साँझ महानगरपालिकाका प्रमुख बालेनको न्यूरोडमा पुत्ला जलाएका छन् । शुक्रबार दिउँसो महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर पठाएपछि विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल भएको थियो ।
तस्बिरःनेपाल फोटो लाइब्रेरी

