२०८३, आश्विन २० गते

images

विकासको गति तीब्र पारेका छौँः प्रधानमन्त्री

विकासको गति तीब्र पारेका छौँः प्रधानमन्त्री

मंगलवार, फाल्गुण १३ २०८१०५:३१
मंगलवार, फाल्गुण १३ २०८१०५:३१
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका हुन्। देशमा केही भएन भन्नेकुरा गलत भएको बताएका हुन्। उनले गर्न बाँकी धेरै कुरा रहेको पनि स्वीकारे।   

    आफू यसअघि तीन वर्ष प्रधानमन्त्री हुँदा असाधारण परिवर्तन गरेको दाबी गरे। आफूले सुरु गरेको काम अन्य सरकारले अघि नबढाउँदा विकास नभएको उनको आरोप छ।  

    ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो,' उनले भने, 'त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन।'

    उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउनु रहेको दाबी गरे। अहिले देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको ओलीको भनाइ छ। 

    'अहिले देश धेरै अफ्ठ्यारोमा पर्‍यो भनेर नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठूला पार्टी मिलेर सुशासन र विकासको बाटोमा अगाडि लैजान सरकार बनाएका छौँ,' उनले भने, 'शिक्षा, स्वास्थ्यमा विकास, पूर्वाधारमा विकास, बिजुलीमा विकास, सञ्चारमा विकास यी सबै कुरामा विकास हुनुपर्छ। विज्ञान प्रविधिले गरेका उपलब्धीहरूरू सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्छ। २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामूनि छन्।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend