२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पशुपतिमा साँझ ७ बजेदेखि महाशिवरात्रि विशेष...

पशुपतिमा साँझ ७ बजेदेखि महाशिवरात्रि विशेष पूजा सुरु

पशुपतिमा साँझ ७ बजेदेखि महाशिवरात्रि विशेष पूजा सुरु

बुधवार, फाल्गुण १४ २०८१०७:५२
बुधवार, फाल्गुण १४ २०८१०७:५२
  • images

    काठमाडौं । पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्‍ने व्‍यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिरेर व्यवस्था मिलाइएको जानकारी दिए ।

    कोषका परिषद सदस्य एवं प्रचारप्रसार समितिका संयोजक राजु खत्रीका अनुसार महाशिवरात्रिको साँझ ७ बजेदेखि सुरू हुने विशेष पूजामा पञ्चामृत रहनेछन् । उनले यसवर्ष बालभोगसहित पञ्चामृत पूजा,  रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजा, लघुरुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत विशेष पूजा हटाइएको बताए ।

    १५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति र पञ्चामृत पूजा गर्न पाइन्छ । शिवरात्रिको दिन विशेष पूजामा सहभागी हुन पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सयको भौचर काटेर बुझाउनु पर्ने प्रचारप्रसार संयोजक खत्रीले बताए ।

    उन‍का अनुसार विशेष पूजाका लागि यसवर्ष २ सय जनाले मात्र गर्न पाउनेछन् । ‘ पहिला विशेष पूजाका धेरै प्रकार हुन्थे। तर यसवर्ष एक प्रकारको मात्रै विशेष पूजा भएकाले २ सय जना मात्रै भाग लिन पाउने व्‍यवस्था गरेका छन् ।

    शिवरात्रिको साँझ ७ बजेदेखि भक्तजनले विशेष पूजा गर्न पाउनेछन्। जसमा पहिलो प्रहर ७ बजेदेखि सुरू हुने छ भने दोस्रो प्रहर ९ बजे, तस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजेसम्म विशेष पूजा चल्ने प्रसारप्रसार प्रमुख राजु खत्रीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend