काठमाडौं | गएरातिदेखि फेसबुकमा समस्या देखिएको थियो, जसले धेरै प्रयोगकर्तालाई असर पुर्यायो। डाउन डिटेक्टरका रिपोर्टअनुसार, समस्या विशेष गरी वेबसाइट खोल्न खोज्दा देखिएको थियो। अहिले भने समस्या समाधान भएको देखिन्छ।
यस्ता समस्या सामान्यत: सर्भर इश्यू, टेक्निकल गडबडी वा कुनै ठूलो अपडेटका कारण हुन सक्छ। फेसबुक वा मेटाले आधिकारिक रूपमा के कारणले समस्या आयो भन्ने खुलाएको छैन।

