२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको...

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१०७:४०
सीएनएन खबर
आइतवार, श्रावण ६ २०८१०७:४०
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

    आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ । उक्त दिनको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले यही असार २ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् । 

    नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
        
    नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।  

    दुई ठूला दलबीचको सहमतिपछि अल्पमतमा परेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन् । नयाँँ प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) रहने स्पष्ट देखिएको छ, भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।

    एमालेले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित  हुन र पक्षमा मत दिन व्ह्ीप जारी गरिसकेको छ । सोही विषयमा निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बिहान बस्दैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend