काठमाडौँ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछन् ।
रास्वपाको आइतबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालय र नेपाली कांग्रेसको बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।
आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । सोही बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनेछ । रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

