काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा मच्छिन्द्रले आर्मीको पोस्टमा दुई गोल दागेको छ ।
उता आर्मीले भने एक गोल पनि गर्न सकेन । पहिलो हाफमा एक गोल गरेको मच्छिन्द्रले दोस्रो हाफमा थप एक गोल गर्दौ आर्मीलाई २–० ले पाखा लगायो ।
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको आयोजनामा भएको यो प्रतियोगिताको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली र एमाले शीर्ष नेताहरू रंगशाला पुगेका थिए ।

