काठमाडौं । बंगलादेशबाट ५६ जना नेपाली विद्यार्थीहरु आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौं आएका हुन् ।
बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायतमा पढ्ने नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् । सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ ।
आरक्षण विरोधी आन्दोलनका कारण जारी हिंसात्मक तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरू हवाई र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

