२०८३, आश्विन १९ गते

images

सहकारी ठगलाई कारबाही गर्छौं : प्रधानमन्त्री

सहकारी ठगलाई कारबाही गर्छौं : प्रधानमन्त्री

आइतवार, श्रावण ६ २०८१०२:४१
आइतवार, श्रावण ६ २०८१०२:४१
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन् । 

    उनले सम्बोधनका क्रममा अनलाइनमार्फत सेवा प्रवाह गर्ने, सन्तुलित परराष्ट्र सम्बन्धमा जोड दिने, जनतामा आशा जगाउने काम गर्ने बताए ।

    भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको भन्दै उनले भने, ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौं ।’

    प्रधानमन्त्री ओलीले अगाडि भने, ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं ।’

    सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने बताउँदै उनले भने, ‘यस सरकारले आफू अग्लो हुन अरुलाई होचो बनाउने कोसिस गर्ने छैन । आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैन ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend