२०८३, आश्विन १९ गते

images

एक वर्षमा १७ सय प्रहरी कर्मचारी कारबाहीमा

एक वर्षमा १७ सय प्रहरी कर्मचारी कारबाहीमा

आइतवार, श्रावण ६ २०८१०९:४०
आइतवार, श्रावण ६ २०८१०९:४०
  • images

    काठमाडौं । एक आर्थिक वर्षमा १७ सय एक जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म १७ सय एक जना प्रहरीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।

    कारबाहीमा पर्नेमा सबैभन्दा धेरै प्रहरी जवान छन् । एक वर्षको अवधिमा ७ सय ६४ जवान, ३३८ सहायक हवलदार र २८२ जना हवलदार कारबाहीमा परेका हुन् ।
    उच्च तहमा ३ जना एसएसपी, १ जना एसपी र ११ जना डीएसपी कारबाहीमा परेका छन् । सो अवधिमा २६ जना इन्स्पेक्टरहरु कारबाहीमा परेका छन् ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend