२०८३, आश्विन १९ गते

images

कर्णाली सरकारबाट बाहिरियो माओवादी

कर्णाली सरकारबाट बाहिरियो माओवादी

सोमवार, श्रावण ७ २०८११२:२२
सोमवार, श्रावण ७ २०८११२:२२
  • images

    काठमाडौं । कर्णाली सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । सोमबार एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।

    केन्द्रमा दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend