२०८३, आश्विन २० गते

images

हङकङविरुद्ध नेपालको सान्त्वना जित

हङकङविरुद्ध नेपालको सान्त्वना जित

शुक्रवार, चैत्र १ २०८१०४:५८
शुक्रवार, चैत्र १ २०८१०४:५८
  • images

    काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित टी-२० क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गर्दै सान्त्वना जित निकालेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

    हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । सो क्रममा उनले ४३ बलमा ३ चौका प्रहार गरिन् ।

    कप्तान इन्दु बर्माले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन् । रोमा थापा ४ रनमा आउट हँदा पुजा महतो २० रनमा नट आउट रहिन् । हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १-१ विकेट लिए ।

    त्यसअघि इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।

    हङकङका लागि शान्जिन शहजादलेअर्धशतकीय इनिङ खेलिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाइन् ।

    चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् । नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १-१ विकेट लिए ।

    नेपालले यस प्रतियोगितामा जम्मा ६ खेल खेल्दा युगान्डा र हङकङसँग १-१ गरी जम्मा २ खेल जित्यो भने नामिबियासँग २ तथा युगान्डा र हङकङसँग १-१ गरी ४ खेलमा हार व्यहोर्‍यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend