२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजाबारे...

पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजाबारे टिप्पणी गरेको हुँ : प्रचण्ड

पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजाबारे टिप्पणी गरेको हुँ : प्रचण्ड

शनिवार, चैत्र २ २०८१०५:१२
शनिवार, चैत्र २ २०८१०५:१२
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको प्रदर्शनले आफूहरू झस्केको नभई गणतन्त्रका पक्षधरहरूले जनतासमक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको जानकारी दिएका छन् ।

    शनिबार ललितपुरमा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभई मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे । उनले  पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आम नेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे ।

    समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत्र १५ गते काठमाडौँमा विरोध प्रदर्शन सहितको जनसभा आयोजना गर्ने जनाएको छ । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना र भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त भएको मोर्चाको भनाई छ ।  सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको मोर्चाको ठहर छ ।

    त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले पुँजीवादी व्यवस्थालाई परिवर्तन गर्नुपर्ने भन्दै सामन्तवादको व्यवस्थामा भने फर्कन नहुने जिकिर गरे । व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर नभई अग्रगमनतिर आउन उनले आह्वान गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend