२०८३, आश्विन २० गते

images

सुनको भाउमा सामान्य गिरावट

सुनको भाउमा सामान्य गिरावट

आइतवार, चैत्र ३ २०८१११:०१
आइतवार, चैत्र ३ २०८१११:०१
  • images

    काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितालो १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ आज प्रतितालो ४०० रुपैयाँ घटेको हो ।

    साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ७४ हजार ५ सय कायम गरिएको थियो ।

    त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६.६५ अमेरिकी डलर र चाँदी ३३.७६ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend