काठमाडौं । नेपाली फुटबलप्रेमीहरूका लागि एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो सिजनको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता चैत्र १६, २०८१ बाट सुरु भएर वैशाख १३, २०८२ मा फाइनलसँगै सम्पन्न हुनेछ।
यस सिजनमा काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी गरी सात टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको पहिलो खेल भ्याली डर्बी अन्तर्गत सिजन १ को विजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को विजेता ललितपुर सिटी एफसी बीच हुनेछ। रोमाञ्चक खेलहरूको शृंखलाले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
फाइनल खेल अप्रिल २६, २०२५ (वैशाख १३, २०८२) मा हुनेछ, जसले यस सिजनको च्याम्पियन टिम घोषणा गर्नेछ।

