२०८३, आश्विन १९ गते

images
  • विश्व
  • भेनेजुएलाका कैदीबन्दी सुपरम्याक्स जेलमा डिपोर्ट, अमेरिकाले...

भेनेजुएलाका कैदीबन्दी सुपरम्याक्स जेलमा डिपोर्ट, अमेरिकाले साढे ८३ करोड तिर्ने(भिडियो)

भेनेजुएलाका कैदीबन्दी सुपरम्याक्स जेलमा डिपोर्ट, अमेरिकाले साढे ८३ करोड तिर्ने(भिडियो)

सोमवार, चैत्र ४ २०८१०४:१९
सोमवार, चैत्र ४ २०८१०४:१९
  • images

    एजेन्सी । संयुक्त राज्य अमेरिकाले सयौं भेनेजुएली आपराधिक समूहका सदस्यहरूलाई एल साल्भाडोरको एक कारागारमा डिपोर्ट गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्यायालयको आदेश रोक्ने प्रयास गर्दै युद्धकालीन अधिकार प्रयोग गरेर ती आप्रवासीहरूलाई छिटो निष्कासन गरेको हो ।

    यो कदमले ह्वाइट हाउस र न्यायालयबीच अर्को ठूलो टकराव ल्याएको सीएनएनले जनाएको छ । शनिबार बेलुका संघीय न्यायाधीश जेम्स बोसबर्गले प्रशासनलाई एलिएन एनिमिज एक्ट प्रयोग गर्न अस्थायी रूपमा रोक लगाएका थिए । उनले आदेश दिएअनुसार उडिरहेका विमानहरूलाई फर्कन भनिएको थियो ।

    न्यायाधीश बोसबर्गले १४ दिनका लागि आदेश लागू हुने बताए । आदेश दिने क्रममा उनले भने, ‘विमान उडिसकेका छन् भन्ने जानकारी पाएपछि म कुर्न सक्दिन । जुनसुकै विमान उडिसकेको छ वा उड्न लागेको छ, त्यसलाई फर्काउनु पर्छ।’

    तर आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सही कदम चालेको दाबी गरे । अमेरिकी गृहमन्त्रालयले ३०० जना भेनेजुएली आपराधिक समूह ट्रेन डे अराग्वाका सदस्यहरूलाई पक्राउ गरेको बताएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेललाई ती अपराधीहरूलाई कारागारमा राख्न सहमति जनाएबापत धन्यवाद दिए ।


    रुबियोका अनुसार, बुकेलले एमएस-१३ समूहका दुई प्रमुख सदस्यसहित २१ जना साल्भाडोरियन अपराधीहरूलाई पनि फिर्ता गर्न अनुरोध गरेका छन् । राष्ट्रपति बुकेलले एक्समा पोस्ट गर्दै भने, ‘भेनेजुएली अपराधीहरू एल साल्भाडोर आइपुगेका छन् र अब हाम्रो आतंकवाद नियन्त्रण केन्द्रमा एक वर्षका लागि राखिनेछन् ।’

    अमेरिकाले ती कैदीहरूलाई राख्न एल साल्भाडोरलाई ६ मिलियन डलर (करिब ८३ करोड ५६ लाख नेपाली रुपैयाँ) दिनेछ । बुकेलका अनुसार यो रकम साल्भाडोरको कारागार प्रणालीलाई चलाउन मद्दत गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend