२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • नगरपालिकाको बजेटले निजी पोखरीमा घाट, अख्तियारमा...

नगरपालिकाको बजेटले निजी पोखरीमा घाट, अख्तियारमा उजुरी परेपछि ब्याज सहित रकम फिर्ता

नगरपालिकाको बजेटले निजी पोखरीमा घाट, अख्तियारमा उजुरी परेपछि ब्याज सहित रकम फिर्ता

सीएनएन खबर
मंगलवार, श्रावण ८ २०८१०७:४९
सीएनएन खबर
मंगलवार, श्रावण ८ २०८१०७:४९
  • images

    काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् । 

    आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि पाँच लाख रुपैयाँ बजेट खर्च गरिएकामा चार लाख ८४ हजार सात सय ३० रुपैयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।

    घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन । 

    यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् । 

    प्रमुखले आइतबार ब्याजसहित पाँच लाख ५१ हजार रुपैयाँ नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend