२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौंः...

संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौंः नेपाली सेना

संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौंः नेपाली सेना

बुधवार, चैत्र ६ २०८१०९:१६
बुधवार, चैत्र ६ २०८१०९:१६
  • images

    काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ ।

    केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

    नेपाली सेना संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशय आउने गरी विभिन्न प्रचार भइरहेका थिए । त्यसतर्फ इंगित गर्दै सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’

    साथै, सेनाले आफ्ना धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको प्रष्ट पारेको छ ।

    Sena.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend