२०८३, आश्विन १९ गते

images
  • प्रमुख समाचार
  • धुवाँले निस्सासिएर दिदीबहिनीको मृत्यु, बच्चाको आईसीयूमा...

धुवाँले निस्सासिएर दिदीबहिनीको मृत्यु, बच्चाको आईसीयूमा उपचार हुँदै

धुवाँले निस्सासिएर दिदीबहिनीको मृत्यु, बच्चाको आईसीयूमा उपचार हुँदै

मंगलवार, श्रावण ८ २०८१०२:२५
मंगलवार, श्रावण ८ २०८१०२:२५
  • images

    काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा धुवाँले निस्सासिएर दिदीबहिनीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको मृत्यु भएको हो ।

    सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियो । उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

    आइतबार राति सुत्केरी सेक्न बालेको आगोको कोइलाको धुवाँमा उनीहरू निस्सासिएका हुन् । निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी छन् । बच्चाको उपचार अस्पतालको आइसीयुमा भइरहेको डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

    उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगा पु¥याइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । बच्चाको आईसीयूमा उपचार भइरहेको छ । बहिनी जुनमाया दिदीको स्याहारका लागि आएकी थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend