२०८३, आश्विन २० गते

images
  • राजनीति
  • विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीले...

विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिलाई टेलिफोन

विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिलाई टेलिफोन

सीएनएन खबर
बिहिवार, चैत्र ७ २०८१०६:०९
सीएनएन खबर
बिहिवार, चैत्र ७ २०८१०६:०९
  • images

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

    प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिइ पहल गर्ने तथा यसबारे  विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुरानकारी गरेका थिए । 

    आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए ।

    संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend