काठमाडौँ । सिराहाका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। औरही गाउँपालिकामा महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन्। सोही अनुसार उनी मन्त्रालय तानिएका हुन्।
गृह मन्त्रालयले सोमबार दाहाललाई फिर्ता बोलाउँदै उनको स्थानमा दुई दिनअघि कपिलवस्तुबाट मन्त्रालय सरुवा गरिएका विश्व प्रकाश अर्याललाई पठाएको छ।
यस्तै, गृहले अर्याललाई काठमाडौँ तानेसँगै जिल्लामा रहेका प्रहरी प्रमुख रमेश पण्डितलाई समेत तान्ने तयारी भएको छ ।
मन्त्रालयले अर्याललाई गृह ल्याउँदै उनको ठाउँमा दिल कुमार तामाङलाई पदस्थापन गरिएको थियो।
औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव फरार भएका छन् । जनप्रतिनिधिकै नेतृत्वमा महायज्ञ गर्ने भन्दै दलितको घर भत्काईएको भन्दै व्यापक विरोध भएपछि उनी फरार भएका हुन् ।
उनीसँगै महायज्ञ आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् ।
घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा गएका थिए ।
महायज्ञका नाममा दलितमाथि ज्यादतीः ब्यापक आलोचना भएपछि फरार भए पालिकाअध्यक्ष

