२०८३, आश्विन १९ गते

images

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ बुधबार

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ बुधबार

मंगलवार, श्रावण ८ २०८१०५:५३
मंगलवार, श्रावण ८ २०८१०५:५३
  • images

    काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ बुधबार हुने भएको छ। संसदीय सुनुवाइ समितिले प्रधानको सुनुवाइ दिउँसो १ बजेबाट हुने जनाएको छ। संवैधानिक परिषदले असार २ गते नै प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।

    प्रधानको संसदीय सुनुवाइका लागि असार २० र २१ गतेलाई मिति तोकिएको छ। तर, उनीविरुद्ध उजुरीमाथि छलफल गर्नुपर्ने भन्दै समितिले सुनुवाई रोकेको थियो।

    प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो। सुनुवाइ समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend