२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • गणेश थापालाई कारबाही गर्न पत्राचार गर्ने...

गणेश थापालाई कारबाही गर्न पत्राचार गर्ने एन्फाको निर्णय

गणेश थापालाई कारबाही गर्न पत्राचार गर्ने एन्फाको निर्णय

बुधवार, चैत्र १३ २०८१०६:३५
बुधवार, चैत्र १३ २०८१०६:३५
  • images

    काठमाडौं । फिफा प्रतिबन्धमा रहेका एन्फा पूर्वाध्यक्ष गणेश थापालाई कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ। पछिल्लो समय एक टेलिभिजन अन्तर्वार्तामा एन्फा महासचिव किरण राईले आफूमाथि मिथ्या आरोप लगाएको भन्दै थापाले मुद्दा दायर गरेका थिए। 

    एक महिनाभन्दा बढी समयसम्म मौन रहेको एन्फाले चैत ११ र १२ गते बसेको बोर्ड बैठकमा गणेश थापाका विषयमा निर्णय गरेको हो। एन्फाले चैत १२ गते बसेको बैठकको निर्णय नम्बर १५ मा गणेश थापालाई कारबाहीका लागि पत्राचार गर्ने कुरा व्याख्या गरिएको छ। 

    निर्णयमा थापाको कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरूमा कारबाहीका लागि पत्राचार गर्ने बताएको छ। 

    gadesh.jpeg
    undefined
    gadesg2.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend