२०८३, आश्विन २० गते

images
  • राजनीति
  • आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्ः...

आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्ः प्रधानमन्त्री

आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्ः प्रधानमन्त्री

बिहिवार, चैत्र १४ २०८११२:५९
बिहिवार, चैत्र १४ २०८११२:५९
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरेका छन् । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने बताए । उनले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताए ।

    अशान्ती भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गरे । आज अधिनायकवादी नभइ लोकतान्त्रिक सरकार रहेको जिकिर गरे । जनताका सुझाव सुन्नका लागि आफू सदैव तत्पर रहेको बताए । सबैको रचनात्मक भुमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको बताए ।

    आफूले आलोचनालाई स्वागत गर्ने पनि बताए । समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न आग्रह गर्नुभयो । शान्ति प्रक्रिया सफल बनाउन पनि आह्वान गरे । सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति बनेर काम शुरु गरिसकेको र दुई महिनापछि सिफारिसको आधारमा आयोग गठन हुने बताए । न्याय र परिपूरण दिनेकुरामा लाग्ने बताए ।

    प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गरे । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend