२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • संक्रमणकालीन न्यायका विषयमा सत्तापक्ष र विपक्षीबीच...

संक्रमणकालीन न्यायका विषयमा सत्तापक्ष र विपक्षीबीच विवाद छैन : प्रचण्ड

संक्रमणकालीन न्यायका विषयमा सत्तापक्ष र विपक्षीबीच विवाद छैन : प्रचण्ड

बिहिवार, चैत्र १४ २०८१०१:४१
बिहिवार, चैत्र १४ २०८१०१:४१
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र विपक्षबीच अरू कुरामा विवाद रहे पनि संक्रमणकालीन न्यायका विषयमा विवाद नरहेको दाबी गरेका छन्। 
    बिहीबार काठमाडौँमा संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको जिकिर गरे।

    ‘राजनीतिक दलहरूबीच विवादहरु छन्। प्रमुख दलहरू नै पनि कोही सत्तापक्षमा छौ, कोही प्रतिपक्षमा छौँ, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुरा छन्’, प्रचण्डले भने, ‘तर तमाम विवाद र विमतिका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौँ।’

    उनले थपे, ‘हामी राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौँ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend