२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी...

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने

सीएनएन खबर
आइतवार, चैत्र १७ २०८११०:१७
सीएनएन खबर
आइतवार, चैत्र १७ २०८११०:१७
  • images

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसी भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।

    शनिबारदेखि सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन्। लिग चरणमा प्रत्येक टोलीले ६ खेल खेल्ने भएकाले दुवै टोली सानदार सुरुवात गर्ने लक्ष्यमा छन्।

    बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्दैछन् भने राष्ट्रिय टिमका मनिष डाँगी मार्की प्लेयर छन्। टोलीमा दीप कार्की, सुमन श्रेष्ठ, विमल पाण्डे, निराजन धामी, र टिकेन्द्र थापा जस्ता अनुभवी खेलाडीहरू छन्। साथै, बुटवलले इंग्ल्याण्ड, जापान, स्कटल्याण्ड, नाइजेरिया, र घानाका विदेशी खेलाडीहरू अनुबन्ध गरेको छ।

    झापा एफसीको नेतृत्व लकेन लिम्बुले गर्नेछन्। टोलीमा राष्ट्रिय टिमबाट खेल्ने छिरिङ लामा, आशिष गुरुङ, उज्वल राई, र ऋतिक खड्का छन्। झापाले उज्वेकिस्तान, नाइजेरिया, सर्बिया, र मोन्टेनेग्रोका खेलाडीहरू अनुबन्ध गरेको छ।

    गत संस्करणमा झापाले बुटवल लुम्बिनीलाई १(० ले हराएको थियो। आजको खेलमा दुबै टोली जित निकाल्दै सिजनको उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend