काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । एयरलाइन्सको ९ एन–एमई (सीआरजे २००) जहाज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको थियो ।
काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।
४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ ।
शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ । काठमाडौँदेखि पोखरा उडानका लागि धावनमार्ग छोड्नासाथ जहाज भुईमा बजारिएको पाइएको छ । उक्त जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
तस्बिरमा दुर्घटनास्थलको पछिल्लो अवस्था




