२०८३, आश्विन १९ गते

images

प्रधानमन्त्री ओली विमानस्थलमा

प्रधानमन्त्री ओली विमानस्थलमा

सीएनएन खबर
बुधवार, श्रावण ९ २०८१०२:२२
सीएनएन खबर
बुधवार, श्रावण ९ २०८१०२:२२
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन् । 

    यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिइसकेका थिए । 

    काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनमा परेको थियो । सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार  १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend