२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • ललितपुर सिटी र पोखरा थण्डर्स पहिलो...

ललितपुर सिटी र पोखरा थण्डर्स पहिलो जितको खोजीमा : एनएसएल २०२५

ललितपुर सिटी र पोखरा थण्डर्स पहिलो जितको खोजीमा : एनएसएल २०२५

सीएनएन खबर
बुधवार, चैत्र २० २०८१०४:५६
सीएनएन खबर
बुधवार, चैत्र २० २०८१०४:५६
  • images

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहनेछ।

    दुवै टोली आफ्नो दोस्रो खेल खेल्दै छन् भने पहिलो जित दर्ता गर्ने लक्ष्यमा छन्। यसअघि ललितपुरले उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो। त्यस्तै, पोखरा थण्डर्स भने आफ्नो पहिलो खेलमा एफसी चितवनसँग २-० को पराजय बेहोर्न बाध्य भएको थियो।

    साविक विजेता ललितपुर पहिलो खेलमा जितनजिक पुगेर पनि इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल खाँदा अंक बाँड्न बाध्य भएको थियो। नेपाली तथा विदेशी खेलाडीहरूको राम्रो संयोजन रहेको ललितपुर यो खेलमा जित निकाल्न उत्साहित देखिन्छ। उता, पहिलो खेलमा कमजोर प्रदर्शन गरेको पोखरा थण्डर्स पुनरागमन गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

    यस खेलको नतिजाले लिग तालिकामा उल्लेखनीय प्रभाव पार्ने भएकाले दुवै टोली उच्च प्रदर्शन गर्ने प्रयासमा रहनेछन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend