२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै...

एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै : एनएसएल

एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै : एनएसएल

सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८११०:२६
सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८११०:२६
  • images

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएस) २०२५ मा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । पहिलो खेल जितेको चितवनको यो दोस्रो खेल हो भने बुटवल आफ्नो तेस्रो खेल खेल्दैछन् ।

    चितवनले यसअघि पोखरा थण्डर्सलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । चितवन जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ । राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट मार्की र कप्तान रहेको चितवन यस पटक सन्तुलित टिम बनेको छ । उता यसअघि दुई खेलमा जितविहिन रहेको बुटवल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवल लुम्बिनी दोस्रो खेलमा ललितपुर सिटीसँग ४-१ ले पराजित भएको थियो । त्यसैले बुटवललाई आजको खेल निकै महत्वपूर्ण हुनेछ ।

    झापा विरुद्ध पहिलो खेलमै रातो कार्ड पाएपछि कप्तान एरिक विष्टले ललितपुर विरुद्धको खेल गुमाएका थिए । दोस्रो खेलमा मनिष डाँगीले बुटवलको कप्तानी गरेका थिए । यस्तै पहिलो खेलमा सुरुमै घाइते भएका एडम मिटरले दोस्रो खेल खेलेनन् । यसैगरी दोस्रो खेलमा पहिलो रोजाईँमा खेलेका नाथन माभिलाले चाँडै मैदान छाडेका थिए । ललितपुरसँग हारपछि बुटवलका मुख्य प्रशिक्षक पुष्पालाल शर्माले टिममा चोटको समस्या रहेकोले गाह्रो परेको बताएका थिए । उनले टिमलाई मोटिभेट गर्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend