२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई...

भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

शुक्रवार, चैत्र २२ २०८१०४:१५
शुक्रवार, चैत्र २२ २०८१०४:१५
  • images

    काठमाडौँ । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । 

    शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाईमा वडावासीहरुले भरतपुरमा भएको विकासको प्रसंशा गरे । उनीहरुले महानगरले थप सुशासन गर्नुपर्ने र अति आवश्यक योजनालाई अगाडि बढाउनुपर्नेमा सुझाव पनि दिएका थिए ।

    महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । दोस्रो चौमासिकमा गौतमबुद्ध रंगशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला, सिटीहल, केरुङ्गा नाला सौन्दर्यकरण, मेशजाली फाउण्डेशन, ६ लेन सडक,फोहरमैला व्यवस्थापन, उज्यालो भरतपुर कार्यक्रमलगायतको प्रगति विवरण प्रस्तुत गरे । 

    सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकलाई प्रश्नको उत्तर दिदै प्रमुख रेनु दाहालले भरतपुरमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन महत्वका योजनाहरु एक साथ अघि बढाएको उल्लेख गरिन ।

    प्रमुख दाहालले अबको बाँकी कार्यकालमा धेरै कामहरु अगाडि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउने प्रयासमा महानगर अघि बढ्ने उनको भनाई थियो ।

    प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिईन ।

    कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । 

    शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताए ।

    कार्यक्रममा दोस्रो चौमासिक प्रगति प्रतिवेदन पेश गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष ०८१÷०८२ को विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रहेकोमा १ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको उल्लेख गरे । यो बजेटको ३६ दशमलव ४९ प्रतिशत हो । 

    यसैगरी महानगरले आर्थिक वर्ष ०८१ ÷०८२ को लागि रु १ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य लिएकोमा ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको ४३ प्रतिशत हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend