२०८३, मंसिर ७ गते

  • राजनीति
  • रास्वपाले पार्टीको विधान परिमार्जन गर्न बनायो...

रास्वपाले पार्टीको विधान परिमार्जन गर्न बनायो ११ सदस्यीय कार्यदल

रास्वपाले पार्टीको विधान परिमार्जन गर्न बनायो ११ सदस्यीय कार्यदल

images
बिहिवार, श्रावण १० २०८१०४:५४
बिहिवार, श्रावण १० २०८१०४:५४
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले कार्यदल गठन गरेको हो । कार्यदललाई ९० दिनको समय दिइएको छ ।

    त्यस्तै बैठकले कर्णाली प्रदेशमा अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा विशेष अभियान चलाउने निर्णय गरेको छ । आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।


    समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने निर्णय गरेको बैठकले अरनिको पाँडेलाई केन्द्रीय सदस्य मनोनित गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend