२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपाल यू-१९को उत्कृष्ट बलिङ प्रदर्शन, अफगानिस्तानको...

नेपाल यू-१९को उत्कृष्ट बलिङ प्रदर्शन, अफगानिस्तानको इनिङ १६८ रनमै सिमित

नेपाल यू-१९को उत्कृष्ट बलिङ प्रदर्शन, अफगानिस्तानको इनिङ १६८ रनमै सिमित

आइतवार, चैत्र २४ २०८१०१:१५
आइतवार, चैत्र २४ २०८१०१:१५
  • images

    काठमाडौँ । नेपाल यू-१९ लाई अफगानिस्तान यू-१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू-१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो।

    अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे। साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए। उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए। नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए।

    नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई-दुई विकेट लिए। साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक-एक विकेट लिए।

    यू-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो। यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो। 

    दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ। आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्दैछन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend