२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सर्वोच्चद्वारा बेचन झालाई रिहा गर्ने आदेश...

सर्वोच्चद्वारा बेचन झालाई रिहा गर्ने आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा बेचन झालाई रिहा गर्ने आदेश दिन अस्वीकार

बिहिवार, श्रावण १० २०८१०६:४०
बिहिवार, श्रावण १० २०८१०६:४०
  • images

    काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्ने आदेश दिएको हो ।

    सर्वोच्चले रिहाइको आदेश दिन अस्वीकार गरेपछि झा थुनामै रहने भएका छन् । सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको बताएको छ ।

    जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धान गर्न पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाका छोरा दिब्यान्सु शेखर झाले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । बिहीबार सुनुवाइ भएपछि झाका बारेमा अब जिल्ला अदालतले नै थुनाबारे निर्णय गर्नुपर्ने भएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा झाको बयान सकिएको छ।

    संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनसम्मको अवधि पाउने भएकाले अझै केही समय प्रहरीले अनुसन्धानका लागि थुनामै राख्न चाहेमा म्याद थप गर्न सक्ने छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend