२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भृकुटीमण्डपमा स्थान नपाएपछि राप्रपाले रोज्यो बल्खु,...

भृकुटीमण्डपमा स्थान नपाएपछि राप्रपाले रोज्यो बल्खु, भोलीको आन्दोलन त्यही हुने

भृकुटीमण्डपमा स्थान नपाएपछि राप्रपाले रोज्यो बल्खु, भोलीको आन्दोलन त्यही हुने

सोमवार, चैत्र २५ २०८११०:५८
सोमवार, चैत्र २५ २०८११०:५८
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रदर्शनका लागि बल्खु रोजेको छ।

    यसअघि चैत २२ गते राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो।

    तर, जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो। त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने बताउँदै सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सम्बोधन गर्ने जानकारी दिए।

    राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरूको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष निकालेको थियो।

    प्रशासनले प्रदर्शनको ठाउँ निर्धारण गरेसँगै प्रदर्शन तथा सभालाई भव्य र सभ्य बनाउने विषयमा निर्णय गर्न राप्रपाले आज अपराह्न चार बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend